क्यानाडा टी–२०ः रोहितको उत्कृष्ट फिल्डिङ, सन्दीपको दुई विकेट

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी–२० मा नेपालका तीन खेलाडी खेलिरहेका छन् । तीनै जना खेलाडी आबद्ध क्लबको खेल शनिबार थियो ।
सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध छन् । सो टिम शनिबारको खेलमा पराजित भएको छ । बंगला टाइगर्सविरुद्ध भ्यानकुभर २२ रनले पराजित भयो ।
खेलमा दिपेन्द्रसिंह ऐरी दुई बलमा एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले भने दुई विकेट लिएका थिए । यद्यपी उनले चार ओभरमा ३२ रन खर्चिए । ब्याटीङतर्फ सन्दीपले नटआउट २ रन बनाए ।
उता रोहित आबद्ध टोरन्टो नेशनल्स्ले भने सानदार जित हात पारेको छ । ब्रामटन वल्भसविरुद्ध टोरन्टो ८ विकेटले विजयी भएको हो ।
जसमा रोहितले उत्कृष्ट फिल्डिङ देखाएका थिए । उनकै फिल्डिङमा एरोन जोनसोन शून्य रनमै रनआउट भएका थिए। त्यस्तै, अखिल कुमारलाई आउट गर्न उनले बाउन्ड्रीमा उत्कृष्ट क्याच लिए । सो खेलमा उनले ब्याटीङ भने गरेनन् ।
प्रतिक्रिया