NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

भारतलाई स्तब्ध बनाउदै श्रीलंका पहिलोपटक महिला एसिया कप च्याम्पियन

काठमाडौं । यो वर्षको महिला एसिया कपको उपाधी आयोजक देश श्रीलंकाले जितेको छ । भारतलाई ८ विकेटले हराएउँदै उसले इतिहास रचेको हो ।

भारतले पहिले ब्याटीङ गरी १६६ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १८.५ ओभरमै सो लक्ष्य पुरा गर्याे ।
हालसम्म नौ वटा महिला एसिया कप भएकोमा भारत सात पटक च्याम्पियन बनेको छ । बंगलादेशले एक पटक उपाधी जित्यो । यसपटक पनि भारतलाई नै प्रमुख दाबेदार मानिएकोमा श्रीलंकाले उत्कृष्ट ब्याटीङ गर्दै उसलाई स्तब्ध बनाएको छ ।