क्यानडा टी–२० मा रोहित र सन्दीपको टिमबीच प्रतिस्पर्धा हुँदै
काठमार्डाैं । ग्लोबल टी–२० क्यानडामा शनिबार राती नेपाली खेलाडी आबद्ध टिमबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेल आबद्ध टोरन्टो नेशनल्स् तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
नेपाली समयअनुसार राती पौने २ बजेको समयमा खेल हुँदैछ ।
प्रतिस्पर्धामा नेपाली खेलाडीहरुको मध्यम प्रदर्शन रहेको छ । सन्दीप र दीपेन्द्र आबद्ध भ्यानकुभरले हालसम्म जित हात पार्न सकेको छैन । पाँच खेलमध्ये सो टिम चार खेलमा पराजित भएको थियो एक खेल रद्द भई एक अंकसहित अंगतालिका सूचीमा अन्तिममा रहेको छ ।
त्यस्तै, रोहित आबद्ध टोरन्टो भने तेस्रो स्थानमा छ । पाँच खेलमा टोरेन्टले २ वटामा जित, २ वटामा हार र एउटा रद्द भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया