भ्यान्डर्सीले ६ विकेट लिएपछि दोस्रो एकदिवसियमा भारत पराजित
काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल नाटकीय रुपमा बराबरी भएकोमा दोस्रो खेलमा भारतले अप्रत्याशित हार बेहोरेको छ । श्रीलंकाका बलर जेफ्री भ्यानडर्सी एक्लैले भारतका ६ विकेट ढालेपछि श्रीलंका ३२ रनले विजयी भएको हो ।
टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४१ रनको लक्ष्य दिएको थियो । भारत ४२.२ ओभरमा २०८ रन बनाउँदै अलआउट भयो ।
तर, दोस्रो इनिङको सुरुवात भारतले यस्तो सशक्त गरेको थियो कि श्रीलंकाको जितको सम्भावना ज्यादै न्यून देखिन्थ्यो । ओपनर रोहित शर्मा र शुभमन गिलले १३.३ ओभरमा ९७ रनको साझेदारी गरेका थिए । ४४ बलमा ६४ रन बनाएका कप्तान रोहितको विकेटपछि भारतका ब्याट्सम्यानहरु लगातार आउट भए । अक्सर पटेलले ४४ बलमा ४४ रन नै बनाएर भारतको इनिङ अघि बढाएपनि अन्य ब्याट्सम्यान श्रीलकन स्पिनरसामु निरिह बने ।
भ्यान्डर्सीका अलावा श्रीलकाका कप्तान चरिथा असलंकाले तीन विकेट लिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया