हालाण्डको ह्याट्रिकमा सिटीको सहज जित

काठमाडौं । म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्टह्यम युनाइटेडमाथि सुविधाजनक जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा एर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा सिटीले ३–१ गोलान्तरको सहज जित निकालेको हो । वेस्टह्यामले १ गोल पनि सिटीबाट उपहारमा पाएको हो ।
निकै लयमा देखिएका हालान्डले १०औं, ३०औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । जारी खेलमा हालान्डको यो दोस्रो ह्याट्रिक हो ।
सिटीका डिफेन्डर रुवेन डियासले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेस्टह्याम खेलमा फर्किएको थियो । तर त्यसपछि उसले कुनै गोल गर्न सकेन ।
योसँगै सिटी ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छभने वेस्टह्याम १४औं स्थानमा छ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया