मेसीबिना मैदानमा उत्रिएको मियामीको फराकिलो जित

काठमाडौं। लिओनल मेसीबिना मैदानमा उत्रिएको इन्टर मियामीले मेजर लिग सकरमा फराकिलो जित निकालेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा सिकागो फायरलाई ४–१ गोलान्तरमा परास्त गर्दै मियामीले जितको श्रृंखला यथावत् राखेको हो ।
मियामीको यो जितमा लुइस सुआरेज एक्लैले दुई गोल गरे भने रफबर्ट टेलरले एक गोल गरे । अर्को एक गोल भने टोबियास सालक्विस्टले उपहारस्वरूप दिएका थिए ।
घुँडाको चोटका कारण मेसी खेलमा फर्कंन सकेका छैनन् । मेसीबिना दुई खेल खेलेको मियामीले दुवै खेलमा जित निकालेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया