ओमानविरुद्ध गुल्सनको आक्रामक अर्धशतक
काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत बुधबारको ओमानविरुद्धको खेलमा नेपालका गुल्सन झाले आक्रामक इनिङ खेल्दै अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बलमा पाँच छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।
यसअघि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका थिए। पौडेलले उनले ६४ बलमा अर्धशतक बनाए । पौडेल ७२ बलमा ६० रन जोडेर आउट भएका थिए ।
क्यानडामा जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हो । आजको खेलमा नेपालले तीन खेल परिर्वतन गरेको छ। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल शाह र आरिफ सेखलाई मौका दिएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया