NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

ओमानलाई नेपालले दियो २२१ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानलाई नेपालले २२१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटीङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर २२० रन बनाएको हो ।
नेपालको लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरे । रोहितले ६० र गुल्सनले ५३ रन बनाएका थिए । अन्तिम बलमा रनआउट भएका सोमपाल कामीले ८ बलमा महत्वपूर्ण २० रन जोडेका छन् ।