सन्दीपको एकदिवसियमा उच्च स्कोर, सोमपालसँग ५५ रनको साझेदारी

काठमाडौं । क्यानाडामा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानाडाविरुद्धको खेलमा नेपालका मुख्य ब्याट्सम्यान सस्तोमै आउट भएकोमा सन्दीप लामिछाने र सोमपाल कामीले महत्वपूर्ण साझेदारी गरेका छन् । आठौं विकेटका लागि उनीहरुले ५५ रनको साझेदारी गरेका हुन् । जसमा सन्दीप लामिछानेले ३५ तथा सोमपालले २० रनको योगदान गरे। सोमपाल २० रनमा आउट भएका छन् भने सन्दीप ३५ रनमा नटआउट छन् । एकदिवसिय क्रिकेटमा यो सन्दीपको करिअरकै उच्च स्कोर हो । पछिल्लो समय सन्दीपले ब्याटीङमा पनि महत्वपूर्ण योगदान दिदै आएका छन् ।
खेलमा टस जितेर नेपालले ब्याटीङ गरिरहेको छ। ४० ओभरमा आठ विकेट गुमाएर नेपालले १५० रन जोडेको छ ।
प्रतिक्रिया