पहिलो अर्धशतकबाट एक रनले चुके सन्दीप लामिछाने
काठमाडौं । क्यानाडामा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानाडाविरुद्धको खेलमा नेपालका मुख्य ब्याट्सम्यान चल्न नसक्दा आठौं नम्बरमा ब्याटीङमा आएका सन्दीप लामिछानेले ४९ रन प्रहार गरेका छन् । एकदिवसिय क्रिकेटमा यो उनको उच्च स्कोर हो । अर्धशतकका लागि उनी एक रनले चुके ।
८७ रनमा सातौं विकेट गुमेको अवस्थामा उनी ब्याटीङमा उत्रिएका छन् । सुरुदेखि नै उनले आक्रमक ब्याटीङ गरेका थिए । उनले सोमपाल कामीसँग ५५ रनको साझेदारी गरेका थिए । त्यस्तै करण केसीसँग पनि उनको ३९ रनको साझेदारी गरेका छन् । ४८ बलमा उनले ४९ रन जोडेका हुन् ।
टस जितेर पहिले ब्याटीङ गरेको नेपालले क्यानाडालाई १८२ रनको लक्ष्य दिएको छ ।४६.१ ओभरमा नेपाल अलआउट भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया