पहिलो अर्धशतकबाट एक रनले चुके सन्दीप लामिछाने

काठमाडौं । क्यानाडामा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानाडाविरुद्धको खेलमा नेपालका मुख्य ब्याट्सम्यान चल्न नसक्दा आठौं नम्बरमा ब्याटीङमा आएका सन्दीप लामिछानेले ४९ रन प्रहार गरेका छन् । एकदिवसिय क्रिकेटमा यो उनको उच्च स्कोर हो । अर्धशतकका लागि उनी एक रनले चुके ।
८७ रनमा सातौं विकेट गुमेको अवस्थामा उनी ब्याटीङमा उत्रिएका छन् । सुरुदेखि नै उनले आक्रमक ब्याटीङ गरेका थिए । उनले सोमपाल कामीसँग ५५ रनको साझेदारी गरेका थिए । त्यस्तै करण केसीसँग पनि उनको ३९ रनको साझेदारी गरेका छन् । ४८ बलमा उनले ४९ रन जोडेका हुन् ।
टस जितेर पहिले ब्याटीङ गरेको नेपालले क्यानाडालाई १८२ रनको लक्ष्य दिएको छ ।४६.१ ओभरमा नेपाल अलआउट भएको हो ।
ताजा अपडेट
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
प्रतिक्रिया