टेष्ट क्रिकेटमा श्रीलंकन क्रिकेटरको सनसनी

काठमाडौं । केही वर्षयता श्रीलंकन क्रिकेटले निकै उतारचडाव भोगिरहेको छ । जसकारण उसले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।
तर, त्यही क्रिकेट टिममा एक यस्ता ब्याट्सम्यान उदाएका छन् जसले अहिले टेष्ट क्रिकेटमा सननरी मच्चाइरहेका छन् ।
युवा ब्याट्सम्यान कामिन्दु मेन्डिसले टेष्ट क्रिकेटमा नयाँ रेकर्ड राखेका छन् । उनले आफ्नो पहिलो ८ वटा क्रिकेट खेलमा हरेकमा अर्धशतक बनाएका छन् । यसरी सुरुको आठ खेलमा लगातार आठ अर्धशतक बनाउने उनी पहिलो ब्याट्म्यान बनेका छन् । यसअघि लगातार सात वटा अर्धशतक बनेका थिए ।
आठ खेलमा उनले पाँच शतक प्रहार गरिसकेका छन् । हाल श्रीलंकामा जारी न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजमा शुक्रबार उनले पाँचौ शतक प्रहार गरेका हुन् । हरेक खेलमा उनले अविश्वसनिय ब्याटीङ प्रदर्शन गरिरहेका छन् । टेष्टमा उनको औसत रन नै ८५ छ । करिब २६ वर्षका कामिन्दुले यही लय कायम राखेमा क्रिकेटका धेरै रेकर्ड तोड्न सक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया