बार्सिलोनासँग रियल मड्रिडको लज्जास्पद हार
काठमाडौं । रियल मड्रिडले बार्सिलोनासँग लज्जास्पद हार व्यहोरेको छ । यस सिजनको पहिलो क्लासिकोमा बार्सिलोनासँग रियल मड्रिड ४–० को फराकिलो गोलान्तरमा पराजित बनेको हो ।
बार्सिलोनाको जितका लागि आर लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक–एक गोल गरे ।
रियलका केलियन एमबाप्पेले ३०औं मिनेटमै पहिलो गोल गरेका थिए । तर भिआरले उक्त गोललाई मान्यता दिएन । त्यसपछि रियलले गोलका लागि केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया