‘नेवेल्स कप’मा मेसीका छोराको डेब्यु
काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीका जेठा छोरा थियागो मेसीले नेवेल्स कपमा डेब्यु गरेका छन् ।
इन्टर मियामी आबद्ध थियागो नेवेल्स कपको वल्ड ब्वाइजविरुद्धको खेलमा मैदानमा उत्रिएका हुन् । १२ वर्षीय थियागोले १० नम्बरको जर्सीमा खेलेका थिए ।
अनौठो संयोग के भने उनका बाबु मेसीले पनि अर्जेन्टिनाको रोसारियोस्थित नेवेल्स क्लबबाटै आफ्नो फुटबलको करिअर थालेका थिए ।
वल्ड ब्याइजसँगको उक्त खेलको दोस्रो हाफमा थियागो वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । सोही खेलमा उरुग्वेका स्ट्राइकर लुइस सुवारेजका छोरा बेन्जामिनले पनि खेलेका थिए । तर उनीहरूको टिम १–० को गोलान्तरमा पराजित भयो ।
थियागोको आमा र परिवारका केही सदस्यले प्रत्यक्ष उपस्थित भएर खेल हेरे पनि मेसी भने अनुपस्थित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया