‘नेवेल्स कप’मा मेसीका छोराको डेब्यु

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीका जेठा छोरा थियागो मेसीले नेवेल्स कपमा डेब्यु गरेका छन् ।
इन्टर मियामी आबद्ध थियागो नेवेल्स कपको वल्ड ब्वाइजविरुद्धको खेलमा मैदानमा उत्रिएका हुन् । १२ वर्षीय थियागोले १० नम्बरको जर्सीमा खेलेका थिए ।
अनौठो संयोग के भने उनका बाबु मेसीले पनि अर्जेन्टिनाको रोसारियोस्थित नेवेल्स क्लबबाटै आफ्नो फुटबलको करिअर थालेका थिए ।
वल्ड ब्याइजसँगको उक्त खेलको दोस्रो हाफमा थियागो वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । सोही खेलमा उरुग्वेका स्ट्राइकर लुइस सुवारेजका छोरा बेन्जामिनले पनि खेलेका थिए । तर उनीहरूको टिम १–० को गोलान्तरमा पराजित भयो ।
थियागोको आमा र परिवारका केही सदस्यले प्रत्यक्ष उपस्थित भएर खेल हेरे पनि मेसी भने अनुपस्थित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया