सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८७ रनको योगफल बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर जैबले सर्वाधिक ९० रन बनाए । ६१ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै उनले सुखद् सुरुआत गरेका हुन् । शतक नजिक पुगे पनि जैब १८.४ ओभरमा आउट भए ।
त्यसैगरी, म्याकमुलेनले २३ र विनोद भण्डारीले १७ रनको योगफल बनाउँदा आरिफ शेख शून्य रनमै आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी १९ बलमा ३९ रन बनाएर अविजित रहे भने स्कट कुगेलेइनले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रामोन सिमोण्ड्सले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले समान १÷१ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया