सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८७ रनको योगफल बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर जैबले सर्वाधिक ९० रन बनाए । ६१ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै उनले सुखद् सुरुआत गरेका हुन् । शतक नजिक पुगे पनि जैब १८.४ ओभरमा आउट भए ।
त्यसैगरी, म्याकमुलेनले २३ र विनोद भण्डारीले १७ रनको योगफल बनाउँदा आरिफ शेख शून्य रनमै आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी १९ बलमा ३९ रन बनाएर अविजित रहे भने स्कट कुगेलेइनले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रामोन सिमोण्ड्सले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले समान १÷१ विकेट लिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया