रोहित पौडेलले बनाए अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी खेलमा रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
चितवन राइनोजविरुद्ध ब्याटिङमा रहेका लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले ४२ बलमा ५० रन बनाएका हुन् । उनले यसक्रममा ३ छक्का र २ चौका हिर्काए ।
एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।
एनपिएलको पाँचौं खेलमा चितवनविरुद्ध उत्रिएको लुम्बिनीले १५.३ ओभरमा मध्यम प्रदर्शन गर्दै १०९ रन बनाएको छ ।
चार खेलमा एउटा पनि जित निकाल्न नसकेको लुम्बिनी आज जित निकाल्ने दाउमा छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया