रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी खेलमा रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
चितवन राइनोजविरुद्ध ब्याटिङमा रहेका लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले ४२ बलमा ५० रन बनाएका हुन् । उनले यसक्रममा ३ छक्का र २ चौका हिर्काए ।
एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।
एनपिएलको पाँचौं खेलमा चितवनविरुद्ध उत्रिएको लुम्बिनीले १५.३ ओभरमा मध्यम प्रदर्शन गर्दै १०९ रन बनाएको छ ।
चार खेलमा एउटा पनि जित निकाल्न नसकेको लुम्बिनी आज जित निकाल्ने दाउमा छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया