सुदूरपश्चिमलाई धक्का, दीपेन्द्र सिंह ऐरी शून्य रनमै आउट

काठमाडौं । सुदूरपश्चिम रोयल्सका भरोसायोग्य अलराउण्डर दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपिएल) को जनकपुर बोल्ट्सविरुद्धको खेलमा शून्य रनमै आउट भएका छन् ।
११ औं ओभरमा मैदान प्रवेश गरेका ऐरी ३ बलमै जनकपुरका अरनिको यादवको बलमा आउट भएका हुन् ।
एनपिएलमा दीपेन्द्र रनविहीन बनेको यो दोस्रो खेल हो । यसअघि पनि उनी एक खेलमा रन नजोडी आउट भएका थिए ।
ओपनिङ राम्रो गरेको सुदूरपश्चिमलाई १०औं ओभरपछि जनकपुरले निकै दबाबमा राखेको छ । १७.२ ओभरको खेल सकिँदा सुदूरपश्चिमले ५ विकेट गुमाएर मात्रै १०२ रन बनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया