जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ रनको मध्यम लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउँदा सैफ अली जैबले २१, इशान पाण्डेले १७ र ब्रान्डन म्याकमुलेनले ११ रनको योगफल बनाए । यसबाहेक सुदूरपश्चिमका कुनै पनि ब्याटरले दोहोरो रन अंक बनाउन ।
सुदूरपश्चिमका अलराउण्डर दीपेन्द्र सिंह ऐरी आजको खेलमा पनि शून्य रनमै आउट भए । जनकपुरको तीन बलको सामना गरेका उनी अरनिको यादवबाट आउट भएका हुन् । यसअघिको एक खेलमा पनि उनी रनविहीन बनेका थिए ।
बलिङतर्फ किशोर महतोले ४ विकेट लिए । त्यस्तै, शेर मल्ल र अरनिको यादवले २÷२ तथा हर्ष थाकरले १ विकेट झारे ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया