जनकपुरमाथि सुदूरपश्चिमको सानदार जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि सानदार जित निकालेको छ । योसँगै जनकपुरको अपराजित यात्रामा ब्रेक लागेको छ भने सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरमा स्तब्ध पारेको हो ।
जनकपुरले सुदूरपश्चिमबाट १२४ रनको मध्यम लक्ष्य पाए पनि उसका बलरसामु निरीह बन्यो ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाए । यसबाहेकका जनकपुरका अन्य ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुई–दुई विकेट लिए भने सैफ जैब र नरेन साउदले समान एक–एक विकेट लिए ।
त्यसअघि पहिले टस हारेर ब्याटिङ सम्हालेको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रन बनायाे ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउँदा सैफ अली जैबले २१, इशान पाण्डेले १७ र ब्रान्डन म्याकमुलेनले ११ रनको योगफल बनाए । यसबाहेक सुदूरपश्चिमका कुनै पनि ब्याटरले दोहोरो रन अंक बनाउन सकेनन् ।
सुदूरपश्चिमका अलराउण्डर दीपेन्द्र सिंह ऐरी आजको खेलमा पनि शून्य रनमै आउट भए । जनकपुरको तीन बलको सामना गरेका उनी अरनिको यादवबाट आउट भएका हुन् । यसअघिको एक खेलमा पनि उनी रनविहीन बनेका थिए ।
बलिङतर्फ किशोर महतोले ४ विकेट लिए । त्यस्तै, शेर मल्ल र अरनिको यादवले २/२ तथा हर्ष थाकरले १ विकेट झारे ।
ताजा अपडेट
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार


प्रतिक्रिया