विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पूरै २० ओभरमा ७ विकेटको क्षतिमा विराटनगरले १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्ड्सले उत्कृष्ट प्रदर्शन गरे । ३४ बलमा पाँच चौका हिर्काएका उनी मात्रै पाँच रनले अर्धशतक बनाउनबाट चुके ।
लोकेश बमले २ छक्का र २ चौका हिर्काएर उनीपछिको सर्वाधिक स्कोर २६ बनाए । त्यस्तै, निकोलस किर्तोनले १९ रन बनाए भने बसिर अहमद २१ रन जोडेर अविजित रहे । विराटनगरका यसबाहेकका अन्य ब्याटरले भने दोहोरो योगफल बनाउन सकेनन् ।
बलिङतर्फ सागर ढकाल र रेमन रेइफरले समान २/२ विकेट तथा कुशल भुर्तेल र दिनेश खरेलले १/१ विकेट झारे ।
दुवै टोलीले आजको खेल हारेमा प्लेअफ सम्भवना कम हुनेछ । त्यसैले दुवै टिम जित निकाल्नै पर्ने दबाबमा छन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया