पाेखरासँग विराटनगर स्तब्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पोखरा एभेन्जर्ससँग हार व्यहाेरेकाे छ । २० ओभरकाे खेलमा बराबर रन भएपछि सुपर ओभरमा प्रवेश गरेकाेमा विराटनगरमाथि पाेखराले जित निकालेकाे हाे ।
एनपिएलमै पहिलाे पटक सुपर ओभरमा प्रवेश गरेकाे खेलमा पाेखराले १९ रनकाे लक्ष्य दिएकाे थियाे । तर विराटनगरले एक विकेट गुमाएर ५ रन मात्रै जाेड्न सक्याे ।
त्यसअघि निर्धारित २० ओभरकाे खेल खेलेका दुवै टिमले समान १३९ रन बनाएका थिए ।
याेसँगै पोखराले पाँचौं खेलमा दोस्रो विजय हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ भने विराटनगर पाँच खेलमा दोस्रो हार चाख्दै प्लेअफ दौडबाट लगभग बाहिरिएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया