पाेखरासँग विराटनगर स्तब्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पोखरा एभेन्जर्ससँग हार व्यहाेरेकाे छ । २० ओभरकाे खेलमा बराबर रन भएपछि सुपर ओभरमा प्रवेश गरेकाेमा विराटनगरमाथि पाेखराले जित निकालेकाे हाे ।
एनपिएलमै पहिलाे पटक सुपर ओभरमा प्रवेश गरेकाे खेलमा पाेखराले १९ रनकाे लक्ष्य दिएकाे थियाे । तर विराटनगरले एक विकेट गुमाएर ५ रन मात्रै जाेड्न सक्याे ।
त्यसअघि निर्धारित २० ओभरकाे खेल खेलेका दुवै टिमले समान १३९ रन बनाएका थिए ।
याेसँगै पोखराले पाँचौं खेलमा दोस्रो विजय हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ भने विराटनगर पाँच खेलमा दोस्रो हार चाख्दै प्लेअफ दौडबाट लगभग बाहिरिएको छ ।
प्रतिक्रिया