पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले काठमाण्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।
शनिबार बिहानबाट जारी खेलको सुरुमा ब्याटिङ सम्हालेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
पोखराका लागि रेमन रेफरले सर्वाधिक ४१ रनको योगफल बनाउँदा दिनेश खरेल ३८, दिलीप नाथले २७ रन बनाए । यसबाहेकका अन्य ब्याटरले भने पोखराका लागि दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ करण केसी र रासिद खानले ३/३ तथा जेरार्ड एरास्मस र माइकल लेभिटले समान १/१ विकेट लिए ।
आजको खेल जितेमा एक टिमको प्लेअफमा जाने सम्भावना बलियो हुनेछ भने हार्ने टिमको यात्रा सहज हुनेछैन । त्यसैले यी दुई टिम आज ‘गर’ या ‘मर’को अवस्थामा छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया