कर्णालीले जनकपुरलाई दियो १७६ रनको लक्ष्य
काठमाडौं । एनपिएलकाे एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको फराकिलो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पूरै २० ओभरमा ६ विकेटको क्षतिमा कर्णालीले १७६ रनको सुविधाजनक योगफल बनाएको हो ।
कर्णालीको सुधारिएको आजको खेलमा दुई खेलाडीले अर्धशतक बनाए । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले क्रमशः ३९ र ३७ बल सामना गर्दै अर्धशतक पारी खेलेका हुन् ।
अर्का ब्याटर चाडविक वाल्टन अर्धशतकबाट मात्रै ५ रन टाढा रहे । २१ बलमा चार चौका र ३ छक्का हिर्काएका उनी ४५ रन जोडेर अविजित रहे । जिसन मक्सुदले १४ रन बनाए पनि यसबाहेकका कर्णालीका अन्य ब्याटर लयमा देखिएनन् । गुल्सन झा र रित गौतम एक रन पनि नजोडी आउट भए ।
बलिङतर्फ चितवनका सोहेल तनभिरले २ तथा कुशल मल्ल, शरद भेषावकर र रवि बोपाराले समान १/१ विकेट लिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया