कर्णालीले जनकपुरलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । एनपिएलकाे एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको फराकिलो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पूरै २० ओभरमा ६ विकेटको क्षतिमा कर्णालीले १७६ रनको सुविधाजनक योगफल बनाएको हो ।
कर्णालीको सुधारिएको आजको खेलमा दुई खेलाडीले अर्धशतक बनाए । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले क्रमशः ३९ र ३७ बल सामना गर्दै अर्धशतक पारी खेलेका हुन् ।
अर्का ब्याटर चाडविक वाल्टन अर्धशतकबाट मात्रै ५ रन टाढा रहे । २१ बलमा चार चौका र ३ छक्का हिर्काएका उनी ४५ रन जोडेर अविजित रहे । जिसन मक्सुदले १४ रन बनाए पनि यसबाहेकका कर्णालीका अन्य ब्याटर लयमा देखिएनन् । गुल्सन झा र रित गौतम एक रन पनि नजोडी आउट भए ।
बलिङतर्फ चितवनका सोहेल तनभिरले २ तथा कुशल मल्ल, शरद भेषावकर र रवि बोपाराले समान १/१ विकेट लिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया