सामसङकाे ‘सामसङ सेभिङ डेज’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट
काठमाडाैं । Samsung नेपालले ‘Samsung Saving Days’ अफर सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत ग्राहकहरूले वाशिङ मेसिन र रेफ्रिजरेटर खरिद गर्दा आकर्षक छुटका साथै सजिलो मासिक किस्ता सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजना विशेषगरी कम बजेटमै आवश्यक होम अप्लायन्स अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको हो।
यो अफर सन् २०२६ मे २१ देखि जुलाई १९ सम्म लागू रहनेछ। गर्मी मौसमलाई लक्षित गर्दै ल्याइएको यस योजनाले ग्राहकलाई सहज र किफायती रूपमा घरका आवश्यक उपकरणहरू अपग्रेड गर्ने अवसर दिने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत छनोट गरिएका वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म तथा रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले २४ महिनासम्मको विस्तारित EMI सुविधामार्फत पनि उपकरण खरिद गर्न सक्नेछन्। वाशिङ मेसिनको मासिक किस्ता रु १,३७० बाट सुरु हुने छ भने रेफ्रिजरेटरको किस्ता रु १,४०८ बाट सुरु हुने छ। यसले मासिक आर्थिक भार कम गर्दै आवश्यक होम अप्लायन्स खरिद गर्न सहज बनाउने कम्पनीको विश्वास छ।
वाशिङ मेसिन अफर :
AI Ecobubble TM Washer Dryer (९–११ केजी) मा २३ प्रतिशतसम्म क्यासब्याक
AI Ecobubble TM Front Load (९–१२ केजी) मा २२ प्रतिशतसम्म क्यासब्याक
Fully Automatic Top Load (८ केजी) मा १२ प्रतिशतसम्म क्यासब्याक
Semi Automatic Top Load (७ केजी) मा १२ प्रतिशतसम्म क्यासब्याक
रेफ्रिजरेटर अफर :
SBS (७०० लिटर) मा ११ प्रतिशतसम्म क्यासब्याक
5 in 1 (३५०–४१९ लिटर) मा १५ प्रतिशतसम्म क्यासब्याक
Double Door (२५३–२७५ लिटर) मा १७ प्रतिशतसम्म क्यासब्याक
Single Door (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म क्यासब्याक
यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको EMI योजनामा उपकरण खरिद गर्न सक्नेछन्। पुराना होम अप्लायन्स साटेर नयाँ सामसङ उपकरण लिन चाहने ग्राहकहरूले ArkoStore तथा नेपालभर रहेका अधिकृत Samsung रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि लिन सक्नेछन्।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया