भारतको औपचारिक भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने
काठमाडौँ । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण जुन १ र २ तारिखसम्म चल्ने स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी, भारतीय विदेशमन्त्री एस जय शंकर तथा भारतीय विदेश सचिव गौतम मिश्री लगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारत सरकारका अन्य मन्त्री तथा उच्च अधिकारीसँग समेत उनको भेट तय गरिएको स्रोतको दाबी छ । परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तावित भारत भ्रमण स्थगित भएको केही दिनमै रास्वपा सभापतिको भ्रमण तय भएको हो ।
भ्रमणका क्रममा लामिछानेले भारतको सत्तारुढ दल भाजपा मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य, क्षेत्रीय राजनीति तथा समसामयिक कूटनीतिक विषयमा भेटवार्तामा छलफल हुने अपेक्षा गरिएको छ
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया