चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी गिरीलाई
काठमाडौं । प्रधानमन्त्री बालेन साहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई दिएका छन् । प्रधानमन्त्रीले सोमबार डा. गिरीलाई आयोगको उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका गिरीले ४ वर्षे कार्यकाल पूरा गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया