NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा किसानहरुले बाली लगाउने मौसम सूर हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायत विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष