लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
दाङ- लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गर्नेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया