कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौँ । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ साढे ६ बजेतिर राजिपुरको बझाङ्गी टोलका जगत धामीको दुईतले पक्की घरमा छापा हानेको थियो ।
सो क्रममा प्रहरीले घरको माथिल्लो तलाको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा एक लाख ७९ हजार २० रुपैयाँ नगद, चार गड्डी तास र आठ थान मोबाइल बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय जगत धामी, स्थानीय २९ वर्षीय कृष्ण गुरुधामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल साउँद, छन् । यस्तै गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका–१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामीलाई पनि पक्राउ गरिएको छ ।
हाल उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया