प्रधानमन्त्रीको अभिव्यक्तिबारे काँग्रेसको आपत्ति, सीमा सम्बन्धी तथ्य सार्वजनिक गर्न माग
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालने)ले प्रतिनिधि सभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाली काँग्रेसका प्रमुख सचेतक निष्कल राईले कडा आपत्ति जनाउँदै स्पष्ट तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभामा विपक्षी दलको तर्फबाट बोल्दै राईले प्रधानमन्त्रीको भनाइले आफू मात्र नभई आम नेपाली नागरिकको मनोबलमा गम्भीर असर पारेको टिप्पणी गरे। उनका अनुसार संसद्को रोस्ट्रममा व्यक्त उक्त अभिव्यक्तिले राष्ट्रिय भावनामा चोट पुर्याएको छ।
राईले प्रधानमन्त्रीले नेपालले भारततर्फ पनि भूमि अतिक्रमण गरेको भन्ने आशयमा बोलेको विषय संसद्को अभिलेखमा कायम रहेको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय तथा कूटनीतिक स्तरमा गलत सन्देश जाने खतरा रहेको बताए। उनले उक्त अभिव्यक्तिप्रति सत्ता पक्षका सांसदहरूले समेत समर्थनजनक प्रतिक्रिया जनाएकोप्रति आपत्ति जनाए।
उनले प्रधानमन्त्रीलाई पुनः संसदमा उपस्थित भएर नेपालले कुन–कुन स्थानमा सीमा सम्बन्धी प्रश्न उठेको हो भन्नेबारे विस्तृत विवरण दिनुपर्ने माग गरे। उनका अनुसार सीमा विषय राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो, जसमा स्पष्ट तथ्य आवश्यक हुन्छ।
राईले यदि भविष्यमा भारत पक्षले पनि भूमि सम्बन्धी प्रश्न उठाएमा नेपालले कुन आधारमा जवाफ दिने भन्ने प्रश्नसमेत उठाए।
त्यस्तै, उनले परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई सीमा पारको अवस्थासँग सम्बन्धित भनेर व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै भूमि अतिक्रमण र सीमा क्षेत्रको व्यवस्थापनबीच भिन्नता छुट्याउनुपर्ने धारणा राखे।
काँग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपरिपक्व र राष्ट्रिय हित विपरीत भएको टिप्पणी गर्दै यसले नेपालको कूटनीतिक दाबी कमजोर बनाउने जोखिम रहेको दाबी गरे।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया