प्रधानमन्त्री आवश्यक पर्दा फेरि सदनमा आएर उत्तर दिनुहुन्छः मन्त्री पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन साहले गत आइतबार संसदमा बोलेको कुरा सत्य भएको बताएका छन् ।
मंगलबारको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीले यसअघि संसदमा बोलको विषय सत्य भएको भन्दै आवश्यक परे फेरि जवाफ दिने बताएका हुन् ।
प्रधानमन्त्रीले गत आइतबार संसदमा नेपालले पनि भारतले भूमि मिचेको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेको छ ।
मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीले नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो । त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ । प्रधानमन्त्रीले आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’
उनले सीमा विवादलाई वार्ताका माध्यमबाट मिलाउनुपर्छ भन्नेमा द्विविधा नरहेको र यसबारे कूटनीतिक रुपमा परराष्ट्र मन्त्रालयले काम गर्ने बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया