छानबिन समितिकाे टोली मुस्ताङमा
काठमाडौं । सशस्त्र प्रहरीले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ।
विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिए।
छानविन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए। चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया