NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ९ गते

रास्वपाको बन्दसत्रमा पेस भयो प्रदेशसभा खारेज गर्ने प्रस्ताव

काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनको बन्दसत्रमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव पेस भएको छ।

पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव पेस गर्दै प्रदेशसभा खारेज र स्थानीय तहको संख्या कटौती गर्ने प्रस्ताव पेस गरेका हुन्।

‘हाम्रो संख्या र सामथ्र्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौँ,’ वाग्लेको प्रस्तावमा भनिएको छ,‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ को संख्यामा एकतिहाई कटौती, प्रदेशसभा खारेजीसहित संघीयताको पुनर्संरचना, न्यायपरिषद्लगायत अन्य संवैधानिक अगंहरुको आमूल सुधार, मान्यताप्राप्त राजनीतिक दलको पारदर्शी कोषभरणजस्ता शासकीय ससुधारका एजेन्डा बहसका लागि प्रवेश गराइसकेको छ।’

रास्वपा कानुनबाट शासने गर्ने नभई कानुनको शासनमा आधारित व्यवस्थामा विश्वास गर्ने पार्टी रहेको प्रस्तावमा भनिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष