NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

गैर हाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । आफूखुसी गैर हाजिर भएका १२ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) बुधबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष