आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ ।
ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ ।
आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ ।
भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ ।
आज पूर्ण रूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ ।
ताजा अपडेट
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव ठूलो भूल हुन सक्छ : बाबुराम भट्टराई
-
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी


प्रतिक्रिया