विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइहुँदै
काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा मंगलवार सुनुवाइ हुने भएको छ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको हो।
विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।
गैर कानुनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत साता पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
मन्त्री यादवको निर्देशनपछि २ सातामै उठ्यो ४२ करोडभन्दा बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
-
भारततर्फ नेपाली चिया निकासी पुनः सुचारु
-
साँझ ५ देखि ८ बजेसम्म चितुवाको सबैभन्दा बढी आक्रमण, तनहुँमा १७ जनाको ज्यान गयो
-
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
मध्यपूर्व युद्धविरामपछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट


प्रतिक्रिया