ठमेलमा अश्लील गतिविधि गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
काठमाडौँ । काठमाडौंको ठमेल क्षेत्रमा अश्लील गतिविधि गरेको तथा प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार ठमेलस्थित सडकमा बाटो हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै दुःख–हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पक्राउ परेकामध्ये चार जना युगाण्डाका र एक जना इन्डोनेसियाकी नागरिक रहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई सम्झाइ–बुझाइ गर्ने क्रममा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज र धक्कामुक्का समेत गरेका थिए। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ताजा अपडेट
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
ठमेलमा अश्लील गतिविधि गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ
-
१८ वर्षभन्दा कम उमेरका आवेदकलाई स्वतः रोक्ने प्रणाली लागू गर्ने रास्वपाको घोषणा
-
असई थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैदको फैसला


प्रतिक्रिया