‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
काठमाडौँ- पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।
मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।
मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको छ ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
-
पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो
-
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
-
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
-
नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रतिक्रिया