प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट चार महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस गर्नेछिन् ।
त्यसैगरी, मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने तथा उक्त विधेयक सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ ।
यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
-
पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो
-
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
-
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
-
नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रतिक्रिया