NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३ गते

अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिएकी छिन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकलाई नार्कद्वारा बुधबार आयोजित नवनियुक्त वैज्ञानिकको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क)को अनुगमनका क्रममा उनले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताइन् ।

उनले वैज्ञानिकको भूमिका केवल कार्यालय वा प्रयोगशालामा सीमित रहन नहुने स्पष्ट पारे । “तपाईँहरू पुग्ने प्रत्येक अनुसन्धान केन्द्र र किसानको खेत नै जीवित प्रयोगशाला हो । किसानका समस्या पहिचान गरेर वैज्ञानिक समाधान दिनु नै तपाईँहरूको मुख्य जिम्मेवारी हो,” मन्त्री चौधरीले भनिन् ।

उनले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक अर्थ नहुने उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानसँगको सहकार्यलाई अझ जीवन्त बनाउन आग्रह गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष