सीकेएस साहित्य महोत्सव २०८३ – सिजन ३ को तेस्रो दिन सम्पन्न, ‘क्याम्पियन वेभ्स’ पत्रिका विमोचन
काठमाडौं: “मसीको जादु, कल्पनाशक्ति र भविष्य निर्माण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको सीकेएस साहित्य महोत्सव २०८३ – सिजन ३ को तेस्रो दिन भानुभक्तीय साहित्य, कविता, पठन संस्कृतिको महत्व तथा विद्यालयको पहिलो वार्षिक पत्रिका ‘क्याम्पियन वेभ्स’ (खण्ड १) को विमोचनसहित विभिन्न साहित्यिक कार्यक्रम सम्पन्न भएका छन्।
महोत्सवको पहिलो सत्रमा वरिष्ठ समालोचक तथा साहित्यकार पण्डित अच्युतराज सुवेदी ले ‘भानुभक्तीय रामायणको परिचर्चा’ विषयमा विचार प्रस्तुत गर्नुभयो। उहाँले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य को साहित्यिक योगदान, नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्याउनुभएको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो।
त्यसपछि प्रमुख वक्ता धुर्व बश्याल ले भानुभक्त आचार्यको साहित्यिक योगदान तथा नेपाली भाषाको समृद्धिका विषयमा प्रेरणादायी प्रस्तुति दिनुभयो। कार्यक्रममा आयोजना गरिएको भानु कविता वाचन प्रतियोगिता मा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
महोत्सवको अन्तिम सत्रमा सीजी एजुकेसनका शैक्षिक निर्देशक भुषण चन्द्र सेन गुरुङ ले ‘पठन संस्कृतिको महत्व’ विषयमा प्रेरणादायी मन्तव्य दिनुभयो। उहाँले नियमित अध्ययनले ज्ञान अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता, सिर्जनशीलता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
यसै अवसरमा विद्यालयको पहिलो वार्षिक पत्रिका ‘क्याम्पियन वेभ्स’ (खण्ड १) को औपचारिक विमोचन गरिएको थियो। उक्त पत्रिकाले विद्यार्थीहरूको सिर्जनशीलता, साहित्यिक अभिव्यक्ति तथा विद्यालयका विविध गतिविधिहरूलाई समेटेको छ।
विद्यालयले साहित्य, सिर्जनशीलता र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवका आगामी कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया