NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ३१ गते

नायिका वर्षा सिवाकोटी उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मानित

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई ‘फ्युचर आइकन अवार्ड २०२६’ अन्तर्गत’ उत्कृष्ट अभिनेत्री’ ( आउटस्ट्यान्डिङ एक्ट्रेस अवार्ड) बाट सम्मान गरिएको छ । राजधानीमा आयोजित एक विशेष समारोहका बीच उनलाई यो सम्मान प्रदान गरिएको हो । चलचित्र क्षेत्रमा वर्षाले पुर्याएको योगदान, उनको कलात्मक यात्रा र सकारात्मक प्रभावको कदर गर्दै आयोजकले उनलाई यस गरिमामय अवार्डबाट विभूषित गरेको हो ।

अप्टिमाइज ग्लोबल र फ्युचर एड्भान्टेजसँगको सहकार्यमा आयोजित यस अवार्ड कार्यक्रमले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवा व्यक्तित्वहरूलाई प्रोत्साहन गर्दै आएको छ । आफ्नो अभिनय यात्रामा एकपछि अर्को सफल चलचित्र दिँदै आएकी वर्षाका लागि यो अवार्डले थप ऊर्जा थपेको छ ।

‘यसरी सम्मानित पाउनु मेरो लागि ठूलो उपलब्धि र गौरवको विषय हो । यो सम्मान मेरा आदरणीय दर्शक, परिवार र मलाई सधैं साथ दिने चलचित्रकर्मी साथीहरूप्रति समर्पित गर्न चाहन्छु । यस अवार्डले मलाई आगामी दिनमा नेपाली चलचित्र क्षेत्रमा अझ स्तरीय र प्रभावकारी भूमिका निर्वाह गर्न ठूलो प्रेरणा र ऊर्जा प्रदान गरेको छ।’ कार्यक्रममा खुसी हुँदै वर्षाले बताइन् ।

उक्त पुरस्कार वितरण समारोहमा चर्चित पर्यटन व्यवसायी, लेखक कर्ण शाक्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा शिक्षाविद् प्रा. डा. श्रीराम भगत माथेको सहभागिता रहेको थियो । इन्टरनेशनल योङ लिडर्स फोरमको आयोजनामा सम्पन्न भएको यस कार्यक्रमको संयोजन श्याम ढुंगानाले गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष