जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
दाङ । तुलसीपुरमा जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको आज मृत्यु भएको हो ।
गत असार ३१ गते जंगलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो ।
घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जंगली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी ७५ वर्षीया दशरथी पुन, उनका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपिन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया