NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

अनलाइन सट्टेबाजी गर्ने चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि छन् ।

उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ ।

उनीहरूले मोबाइल बैंकिङसमेतबाट एक करोड ९६ लाख तीन हजार ५ सय १९ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष