दाह्रा काटेपछि धुर्वे निकुञ्जभित्रै
चितवन । दाह्रा काटेपछि धुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । धुर्वे जंगली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।
हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति धुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । धुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ ।
दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुन:फर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।
बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ । निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया