NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन्। पूर्वप्रधानमान्त्री समेत रहेका देउवाले आफू नेपाल फर्किँदा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्नसक्ने बताएका हुन्।

‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु,’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

आफ्नो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएको उल्लेख गर्दै देउवाले ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै रहेको उल्लेख गरेका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष