मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
काठमाडौँ- विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकलाई आचार्यलाई उच्च अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
असार ३२ गते बसेको न्याय परिषद्को बैठकलाई उनलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको थियो। विशेष अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्टको स्थानमा आचार्य सिफारिस भएका थिए।
न्यायिक क्षेत्रमा कानुनको गहिरो अध्ययन गर्ने, मुद्दाको मर्म छिट्टै बुझ्ने र समयमै फैसला गर्ने न्यायाधीशका रूपमा चिनिन्छन्। उनी कार्यरत रहेका अदालतहरूमा मुद्दा फर्छ्यौटको दर उल्लेखनीय रूपमा बढेको पाइएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता मुद्दाको अत्याधिक चाप रहने विशेष अदालतमा आचार्यले नेतृत्व सम्हालेपछि फैसलाको दरले गति लिने अपेक्षा गरिएको छ।
उच्च अदालत जनकपुरको राजविराज इजलासमा रहँदा आचार्यले सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीशका रूपमा परिचय बनाएका थिए। उच्च अदालत बुटवलमा रहँदा पनि उनले आफ्नो तीव्र कार्यसम्पादनलाई निरन्तरता दिए। थन्किएर रहेका मुद्दालाई किनारा लगाउने, सुनुवाइलाई प्रभावकारी बनाउन र समयमै फैसला दिन उनले सधैँ जोड दिए।


प्रतिक्रिया