NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ७ गते

दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । धितोपत्रसम्बन्धी कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रिमाललाई बिहीबार (साउन ७) काठमाडौंको सिफलबाट पक्राउ गरेको हो ।

बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी रिमाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले जानकारी दिए ।

सोही प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा उनी हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूले अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।

ताजा अपडेट

नेपालवाच विशेष