स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
सुनसरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना खटिएपछि तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए ।
ताजा अपडेट
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन


प्रतिक्रिया