बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने
काठमाडौं। सरकारले विद्युत् सेवामा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने जनाएको हो।
नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् बिलमा समेत भ्याट समावेश गरेपछि उपभोक्ताबाट गुनासो आएको थियो। त्यसपछि विभागले सोमबार सूचना जारी गर्दै कर लागू हुने समयबारे स्पष्ट पारेको हो।
विभागका अनुसार २०८३ असार ३२ गतेसम्म खपत भएको विद्युत् शक्तिको बिलिङ साउन वा त्यसपछिको महिनामा भए पनि त्यस अवधिको सेवामा भ्याट लाग्नेछैन। भ्याट ऐन, २०५२ को अनुसूची–१ अनुसार आधारभूत आवश्यकताका वस्तुमा विद्युत् सेवा समावेश भएकाले साउन १ अघिको विद्युत् खपत कर छुट हुने विभागले जनाएको छ।
अब २०८३ साउन १ गतेदेखि भएको विद्युत् खपतमा मात्रै भ्याट लागू हुनेछ। विभागले नेपाल विद्युत् प्राधिकरणले स्वीकृत ट्यारिफअनुसार लिने न्यूनतम शुल्क तथा डिमान्ड शुल्कमा समेत साउन १ पछि विद्युत् सेवाअन्तर्गत भ्याट लाग्ने स्पष्ट पारेको छ।
विभागले भ्याट कार्यान्वयनबारे कुनै द्विविधा नराख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
ताजा अपडेट
-
बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने
-
असारको बिजुलीको बिल साउनमा तिर्दा ५ प्रतिशत भ्याट लाग्छ कि लाग्दैन ?
-
सरकार र डा. केसीबीच सहमति, अनसन तोडियो, गेटा विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गरिने
-
नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम


प्रतिक्रिया