रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनीत
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पार्टीको वरिष्ठ नेता पदमा औपचारिक रूपमा मनोनीत गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता बनाउने निर्णयलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा भएको उक्त मनोनयनसँगै शाह पार्टीभित्र सभापतिपछिको दोस्रो वरियतामा रहने भएका छन्।
यसअघि पार्टी प्रवेशका क्रममा भएको आन्तरिक सहमति र पार्टी विधान बमोजिम नै यो निर्णयलाई केन्द्रीय समिति बैठकले औपचारिक रूप दिइएको हो ।
ताजा अपडेट
-
नौ विधेयक संसदमा लैजाने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
-
रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनीत
-
झारफुकका नाममा महिलामाथि दुर्व्यवहार, ‘पाथीभरा माता’ भनिने युवक पक्राउ
-
विद्युत् महसुल पुनरावलोकन र आयोजना छानबिनका लागि दुई उच्चस्तरीय समिति गठन
-
स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित


प्रतिक्रिया